Nidan Media

महालक्ष्मीको प्रिय दिनमा राशिफल

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः 

आजको पञ्चाङ्ग

मिति २०८३ वैशाख १८ गते शुक्रबार, इस्वीसंवत मे १ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको पूर्णिमा तिथि रातिमा ९ः५७ बजेसम्म त्यसपछि प्रतिपदा तिथि लाग्नेछ। नक्षत्रमा स्वाति रातिमा ९ः५७ बजेसम्म त्यसपछि विशाखा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा सिद्धि ३८ घटि ४० पलासम्म त्यसपछि साध्य योग लाग्नेछ । करणमा भद्रा रहनेछ । आनन्दादि योगमा गद रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान ३२ घटि ५५ पला अर्थात १३ घण्टा १२ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः२७ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः३७ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने साँझमा ५ः३२ बजे र अस्ताउने समय भोलि बिहान ४ः१५ बजे रहेको छ । आज गौतमबुद्ध जयन्ती, चण्डी पूर्णिमा, उभौली पर्व, कुर्म जयन्ती, गोरखनाथ जयन्ती, वैशाख स्नान समाप्ति रहेको छ। साथै अन्तर्राष्ट्रिय श्रमिक दिवस आजै परेको छ ।

आजको राशिफल

मेषः आज स्वास्थ्य सामान्य रहनेछ। तपाईंको सोच छिटो बदलिन सक्छ । नयाँ योजना दिमागमा आउन सक्छ। काममा ध्यान दिन खोज्दा पनि मन अलि भट्किन सक्छ। बोल्दा शब्द छानेर प्रयोग गर्नु राम्रो हुन्छ। साथीहरूसँगको कुराकानीले मन हलुका बनाउनेछ। सानो यात्रा वा बाहिर निस्कन मन लाग्नेछ। कामको जिम्मेवारी पूरा गर्न अलि बढी प्रयास गर्नुहोला। घर परिवारको विषयमा छलफल हुनेछ। पुराना साथीको सम्झनाले सताउनेछ। आजको अनुभवबाट केही नयाँ कुरा सिक्ने अवसर मिल्नेछ।

वृषः आज स्वास्थ्यमा खासै समस्या देखिँदैन। मनमा धेरै कुरा एकैचोटी चल्ने भने पैसाको विषयमा नयाँ सोच आउनेछ। काममा ध्यान दिन निकै कठिन हुनेछ । परिवारसँग सानो कुरामा मतभेद हुनेछ। बोल्दा नरम शब्द प्रयोग गर्नुहोला । तर साथीको सहयोगले काममा सहजता आउनेछ। पुराना काम नयाँ तरिकाले गर्न सकिनेछ । आज यात्राको सम्भवना छ। अनावश्यक खर्चबाट जोगिनु राम्रो हुनेछ भने आज लिएको निर्णयले आगामी दिनमा फाइदा हुनेछ।

मिथुनः आज स्वास्थ्य ठीकै रहने देखिन्छ। तपाईंको अली बढी मन चञ्चल रहनेछ। नयाँ कुरा सिक्न मन लाग्नेछ। साथीहरूसँग धेरै कुरा गर्ने मौका मिल्ने देखिएको छ। काममा छिटो निर्णय लिनुपर्ने अवस्था रहेको छ। बोल्दा स्पष्ट रूपमा कुरा राख्नुहोला । परिवारमा सानो छलफल हुनेछ। पुराना योजना फेरि ब्युँत्याउन सकिने दिन रहेको छ। खर्च गर्दा अलि ध्यान दिनुपर्ने र आज सुरु गरेको सानो कामले राम्रो नतिजा दिन सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ।

कर्कटः आज स्वास्थ्य सामान्य देखिन्छ। तपाईंको मन अलि संवेदनशील हुन सक्छ। साना साना कुराले पनि मन छुनेछ। काममा अरूको कुरा सुन्न आवश्यक छ। परिवारको सहयोगले मनमा हौसला थपिनेछ। तर आज भावनामा बगेर कुनै पनि निर्णय नगर्नुहोला । पुराना सम्झनाले निकै सताउन सक्नेछ । आज घरको काममा समय बित्न सक्ने देखिन्छ। खर्चमा संयम राख्नु उत्तम हुनेछ। शरीरलाई आरामको महसुस हुनेछ। आज धैर्य राखेर अघि बढ्दा काममा सहज हुनेछ।

सिंहः आज तपाईंको स्वास्थ्य ठीकै रहने देखिन्छ। बोल्ने शैलीले अरूलाई प्रभावित पार्न सक्छ। काममा नेतृत्व गर्ने अवसर पनि आउनेछ साथीहरूसँग भेटघाट हुनेछ भने सानो योजना बनाउने सोच आउन सक्छ। परिवारमा सल्लाह माग्ने अवस्था अवश्य आउनेछ। खर्चको विषयमा अलि सोचेर कदम चाल्नु होला। पुरानो काम पूरा गर्ने मौका रहेको छ। मनलाई शान्त राख्न यात्रामा निस्कन सकिनेछ । अनावश्यक रिसबाट टाढा रहनु राम्रो हुनेछ आज सक्रिय भएर अघि बढ्दा काममा सफलता मिल्नेछ।

कन्याः आज स्वास्थ्यमा सामान्य ध्यान दिनु राम्रो हुन्छ। काममा ध्यान केन्द्रित गर्नुहोला। सानो गल्तीले ठूलो असर पार्न सक्ने भएकाले सचेत हुनुहोला। बोल्दा तथ्यमा आधारित कुरामात्रै गर्नु राम्रो हुनेछ। परिवारसँग सानो योजना बनाउनुहोला। जसले पुराना काम मिलाउने सकिनेछ। खर्चको विषयमा हिसाब राख्नु राम्रो हुनेछ। साथीको सल्लाह काम लाग्न सक्छ। बाहिरको हावापानीले मन हलुका बनाउनेछ। आज समय व्यवस्थापन गर्दा काम गर्न सहज हुनेछ।

तुलाः आज स्वास्थ्य सामान्य रहने देखिन्छ। आज दुई पक्षबीच कुरा मिलाउने भूमिका तपाईंलाई आउन सक्नेछ। बोल्दा नरम शब्द प्रयोग गर्नुहोला। साथीहरूसँग कुरा गर्दा मन खुसी हुनेछ। काममा सहकार्यले राम्रो नतिजा दिनेछ। परिवारसँग समय बिताउने मौका मिल्न सक्छ। महत्वपूर्ण निर्णय गर्दा अलि बढी सोचेर मात्रै गर्नु राम्रो हुनेछ। खर्चमा सन्तुलन राख्न आवश्यक छ। आज सहकार्य र समझदारीले तपाईंलाई फाइदा दिलाउनेछ।

वृश्चिकः आज मनमा धेरै कुरा खेल्न सक्छन्। कसैको व्यवहारले सोच्न बाध्य बनाउन सक्नेछ। काममा ठूलो जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था आउनेछ। त्यसमा पछि नहट्नुहोला । कर्मचारीसँग बोल्दा सिधा तर शान्त ढंगले गर्दा राम्रो हुनेछ। पुराना कुराले मन अलि भारी बनाउने दिन रहेको छ। ऋआज गरिने खर्चमा संयममता राख्नु राम्रो हुोछ। टाढा गएर एक्लै बस्न मन लाग्नेछ। स्वास्थ्यमा थोरै थकान महसुस हुनेछ। आज आफूलाई नियन्त्रणमा राख्दा परिस्थिति सहज बन्नेछ।

धनुः आज काममा नयाँ योजना बनाउने सोच आउनेछ। कामका सवालमा नयाँ कुरा जान्न मन लाग्नेछ। साथीहरूसँग रमाइलो कुराकानी गर्न पाइनेछ तर बोल्दा हतार नगर्नुहोला । खर्च गर्दा सीमा राख्नु ठीक हुनेछ। साथीहरुसँगको पुराना कुराले तनाव दिनेछ। स्वास्थ्य सामान्य देखिन्छ। आज सकारात्मक सोचले मात्रै काम अघि बढाउन सकिने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।

मकरः आज बाहिरको सानो यात्रा हुन सक्छ। जिम्मेवारीको भावना बलियो हुनेछ। काममा विशेष ध्यान दिनुपर्ने अवस्था रहेको छ। कार्यालयमा बोल्दा स्पष्ट रूपमा कुरा राख्नुहोला । परिवारसँग कामको कुरा सेयर गर्दा निकै राम्रो हुनेछ। खर्चको विषयमा सोचेर निर्णय लिनु ठीक हुनेछ। पुरानो काम पूरा गर्ने मौका आज मिल्नेछ। जसले मन शान्त बनाउनेछ । स्वास्थ्यमा थकान महसुस हुन सक्छ। निरन्तर प्रयासले महत्वपूर्ण काम सम्पादन गर्न सकिने देखिएको छ ।

कुम्भः आज स्वास्थ्य सामान्य देखिन्छ। थोरै आरामले शरीरमा ऊर्जा बढ्नेछ। सिर्जनात्मक काममा समय दिनु फाइदाजनक हुनेछ। मनमा नयाँ सोच र विचार आउनेछ। काममा फरक तरिका अपनाउन मन लाग्नेछ। साथीहरूसँग खुलेर कुरा गर्न सकिनेछ। बोल्दा आफ्ना भावना स्पष्टसँग व्यक्त गर्नुहोला। यात्रामा खर्च गर्दा अलि ध्यान दिनु राम्रो हुनेछ। आज धार्मिक र परोपकारी काममा लाग्दा निकै राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।

मीनः आज स्वास्थ्य सामान्य रहनेछ। आरामले मनलाई सान्त्वना दिनेछ। आफूलाई व्यवस्थित राख्दा काम गर्न सहज हुनेछ। साथीसँगको कुराले मन अलि भावुक पनि हुन सक्छ। जसले काममा ध्यान दिन सकिनेछैन । परिवारको सम्झनाले दिन खल्लो बनाउनेछ । आज खर्चमा पनि संयममता राख्नुहोला । आज सकेसम्म तपाईंको हातबाट नगद कारोबार नगर्नुहोला। यात्रामा पनि सावधान हुनुहोला ।

साइत (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । त्यसैले दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शुक्रबार परेकाले पश्चिमतर्फको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व, उत्तर र पश्चिमतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः२६ बजेदेखि ७ः०५ बजेसम्म चर बेला
बिहान ७ः०५ बजेदेखि ८ः४३ बजेसम्म लाभ बेला
बिहान ८ः४३ बजेदेखि १०ः२२ बजेसम्म अमृत बेला
बिहान १०ः२२ बजेदेखि १२ः०१ बजेसम्म काल बेला
मध्यान्हमा १२ः०१ बजेदेखि १ः४० बजेसम्म शुभ बेला
दिनमा १ः४० बजेदेखि ३ः१८ बजेसम्म रोग बेला
दिनमा ३ः१८ बजेदेखि ४ः५७ बजेसम्म उद्धेग बेला
दिनमा ४ः५७ बजेदेखि ६ः३६ बजेसम्म चर बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः३६ बजेदेखि ७ः५७ बजेसम्म लाभ बेला
साँझ ७ः५७ बजेदेखि ९ः१८ बजेसम्म अमृत बेला
राति ९ः१८ बजेदेखि १०ः३९ बजेसम्म काल बेला
राति १०ः३९ बजेदेखि १२ः०० बजेसम्म शुभ बेला
राति १२ः०० बजेदेखि १ः२२ बजेसम्म रोग बेला
राति १ः२२ बजेदेखि २ः४३ बजेसम्म उद्धेग बेला
रातिमा २ः४३ बजेदेखि ४ः०४ बजेसम्म चर बेला
रातिमा ४ः०४ बजेदेखि ०५ः२५ बजेसम्म लाभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.