Nidan Media

रोल्पाको जलजलामा जीप दुर्घटना हुँदा १७ जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ । रोल्पामा बिहीबार दिउँसो जीप दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ।

उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको बताइन्छ। मृतकको पहिचान खुल्न सकेको छैन ।

रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको बोलेरो जलजलास्थित जीप भिरबाट करिब आठ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

रोल्पा प्रहरीका डीएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार प्रहरी टोली तत्काल उद्धारका लागि घटनास्थलमा खटिएको छ।

जीपमा जलजलामा आयोजित वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जाने मानिसहरू सवार थिए।

थप विवरण आउन बाँकी छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.