Nidan Media

कांग्रेसलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने रणनीतिअनुसार अघि बढिरहेका छौँ: प्रदीप पौडेल

काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राजनीतिमा तीव्र रूपमा बढिरहेको प्रविधिको प्रयोगलाई समयमै आत्मसात् गर्न नसक्दा पार्टीले गत फागुनमा सम्पन्न निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न नसकेको स्वीकार गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीभित्र प्रविधि बुझ्ने र त्यसलाई व्यवहारमा लागू गर्ने क्षमता कमजोर रहनु नै चुनावी परिणाममा असर पार्ने मुख्य कारण भएको बताए।

उनका अनुसार डिजिटल युगमा प्रवेश गरिसकेको राजनीतिमा पुरानै शैलीमा सीमित रहँदा प्रतिस्पर्धामा पछि पर्नु स्वाभाविक भएको निष्कर्ष पार्टीले निकालेको छ।

महामन्त्री पौडेलले अब नेपाली कांग्रेसलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाउने रणनीतिअनुसार अघि बढिरहेको स्पष्ट पारे।

उनले पार्टीलाई डिजिटल प्लेटफर्ममा रूपान्तरण गर्ने लक्ष्यसहित सदस्यहरूलाई प्रविधिसँग जोड्ने काम तीव्र पारिएको बताए।

उनका अनुसार पार्टी सदस्यहरूको विवरण व्यवस्थित रूपमा सुरक्षित राख्ने, उनीहरूको योगदान र इतिहास अभिलेखीकरण गर्ने तथा डिजिटल माध्यमबाट सदस्य पहिचानलाई मजबुत बनाउने योजनामा काम भइरहेको छ। य

सले पार्टी र सदस्यबीचको दूरी घटाउने मात्र होइन, सदस्यहरूको सक्रियता र सहभागिता पनि बढाउने विश्वास उनले व्यक्त गरे।

पौडेलले भने, अहिलेको राजनीति पूर्ण रूपमा प्रविधिमा आधारित भइसकेको छ र यस्तो अवस्थामा डिजिटलाइजेशनलाई आत्मसात् नगर्ने हो भने प्रतिस्पर्धामा टिक्नै कठिन हुने बताए।

उनले विगतमा केही विषय नबुझिएको र आत्मसात् गर्न नसकिएको कारणले पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको स्वीकार गर्दै अब सुधारको बाटोमा पार्टी अघि बढिरहेको जिकिर गरे।

उनले ‘जेन-जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक नगरी कार्यान्वयनमा ल्याइएको भन्दै असन्तुष्टि जनाएका छन्।

उनले प्रतिवेदन सार्वजनिक गरेर मात्र कार्यान्वयन प्रक्रिया अघि बढाउनुपर्ने धारणा राख्दै पार्टीभित्र पारदर्शिता र स्पष्टताको आवश्यकता औँल्याए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.