Nidan Media

वर्षको अन्तिम तथा शिवजीको प्रिय दिनमा राशिफल

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः 

आजको पञ्चाङ्ग

मिति २०८२ चैत ३० गते सोमबार, इस्वीसंवत अप्रिल १३ तारिक सन् २०२६, श्रीशाके १९४७, नेपाल संवत् ११४६, सिद्धार्थीनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखकृष्णपक्षको एकादशी तिथि रातिमा ९ः५६ बजेसम्म त्यसपछि द्धादशी तिथि लाग्नेछ। नक्षत्रमा धनिष्ठा दिनमा १ः०९ बजेसम्म त्यसपछि शतभिषा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शुभ २२ घटि ३४ पलासम्म त्यसपछि वृद्धि योग लाग्नेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा शुभ रहनेछ ।

सूर्य मीन राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । आज दिनमान ३१ घटि ४८ पला अर्थात १२ घण्टा ४५ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः४३ बजे मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः२६ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने रातिमा २ः५७ बजे र अस्ताउने समय भोलि दिनमा २ः१९ बजे रहेको छ । आज बरुथिनी एकादशी व्रत गर्ने दिन रहेको छ ।

आजको राशिफल

मेषः आज सामाजिक काममा सक्रियता बढ्ने संकेत देखिन्छ। नयाँ विचार र योजना प्रस्तुत गर्ने अवसर मिल्दा आत्मविश्वास पनि बलियो बन्नेछ। लामो समयदेखि मनमा राखिएको इच्छा पूरा हुने वातावरण बन्नेछ। साथीभाइसँग सहकार्य गर्दा अपेक्षाकृत राम्रो उपलब्धि प्राप्त हुनेछ। पेशा तथा व्यवसायमा नयाँ सम्भावनाको ढोका खुल्नेछ। केही काममा धैर्यता अपनाउँदा परिणाम अझ अनुकूल बन्नेछ।

वृषः आज पेशा तथा जिम्मेवारीसँग सम्बन्धित विषयमा ध्यान केन्द्रित गर्नुपर्नेछ । कामको क्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। वरिष्ठ व्यक्तिसँगको सहकार्यले महत्वपूर्ण मार्गदर्शन प्राप्त हुनछ। केही निर्णय सोचविचार गरेर लिनु आवश्यक हुनेछ। परिश्रमको उचित मूल्याङ्कन हुने वातावरण रहेको छ। आर्थिक विषयमा सावधानी अपनाउँदा भविष्यका लागि राम्रो हुनेछ। अध्ययन तथा ज्ञान बढाउने कार्यतर्फ पनि रुचि जाग्ने सक्ने देखिन्छ।

मिथुनः आज नयाँ ज्ञान हासिल गर्न मन लाग्नेछ । अध्ययन, अनुसन्धान वा यात्रासम्बन्धी योजना बनाउन सकिनेछ। मनमा सिर्जनात्मक सोच बढ्नेछ भने काममा नयाँ शैली अपनाउने सकिनेछ। टाढाका व्यक्तिसँग सम्पर्क बढ्दा उपयोगी सूचना प्राप्त हुनेछ। पेशागत क्षेत्रमा फरक तरिकाले सोच्दा सकारात्मक परिणाम मिल्नेछ। परिवारसँग खुला संवाद हुँदा मन हल्का हुनेछ। आर्थिक विषयमा सन्तुलन कायम राख्दा सहजता रहनेछ।

कर्कटः आज मन केही गम्भीर बन्नेछ। पुराना योजना वा अधुरा कामलाई नयाँ ढङ्गले अघि बढाउन सकिनेछ। आर्थिक व्यवस्थापनमा सावधानी अपनाउँदा राम्रो हुनेछ । आज नयाँ कामका विषयमा आफन्त वा नजिकका व्यक्तिसँग महत्वपूर्ण छलफल हुनछ। तर स्वास्थ्यतर्फ ध्यान दिनु उपयुक्त रहनेछ। पेशागत क्षेत्रमा धैर्यता अपनाउँदा राम्रो हुनेछ। परिवारसँगको सहकार्यले मन सन्तुलनमा रहनेछ।

सिंहः आज साझेदारीसँग सम्बन्धित विषयमा सक्रियता बढ्नेछ। सहकार्यबाट राम्रो परिणाम प्राप्त हुनेछ । जीवनसाथी वा नजिकका व्यक्तिसँग संवाद गर्दा सम्बन्ध अझ मजबुत बन्नेछ। पेशागत क्षेत्रमा नयाँ प्रस्ताव आउने दिन रहेको छ । अरूको विचारलाई सम्मान गर्दा वातावरण अझ सहज बन्नेछ। आर्थिक पक्षमा सन्तुलित निर्णय लिनु आजश्यक छ। मित्रसँग सहकार्य गर्दा योजनाले गति लिन सक्नेछ

कन्याः आज दैनिक कामकाज व्यवस्थित बनाउने प्रेरणा मिल्नेछ। कार्यक्षेत्रमा जिम्मेवारी बढे पनि त्यसलाई सम्हाल्ने क्षमता बढ्नेछ। सहकर्मीसँग सहकार्य हुँदा काम सहज रूपमा अघि बढ्नेछ। स्वास्थ्यमा ध्यान दिनु उपयुक्त हुनेछ। सानो प्रयासले पनि उल्लेखनीय उपलब्धि प्राप्त हुने अवस्था देखिन्छ। आर्थिक विषयमा योजनाबद्ध ढङ्गले अघि बढ्दा लाभ मिल्नेछ। परिवारका सदस्यसँग समय बिताउँदा मन प्रशन्न रहनेछ।

तुलाः आज काममा उत्साह बढ्ने संकेत देखिन्छ। सन्तान वा परिवारका सदस्यसँग रमाइलो संवाद हुनेछ। प्रेम तथा भावनात्मक सम्बन्धमा मधुरता थपिनेछ। पेशागत क्षेत्रमा नयाँ योजना शुरू गर्ने सोच बलियो बन्नेछ। आर्थिक पक्षमा सामान्य लाभले उत्साह थप्नेछ। साथीभाइसँग भेटघाट हुँदा नयाँ योजना तय गर्न सकिनेछ। आत्मविश्वासका साथ काम गर्दा राम्रो उपलब्धि प्राप्त हुनेछ। ऋाज माता पिताको आशिर्वाद महत्वपूर्ण हुनेछ ।

वृश्चिकः आजको दिन घरपरिवार र व्यक्तिगत विषयमा ध्यान केन्द्रित हुनेछ। परिवारसँग समय बिताउँदा मन शान्त हुनेछ। पुराना योजनालाई पुनः व्यवस्थित गर्ने सकिनेछ। आज घर र सम्पत्तिको विवादबारे छलफल हुनेछ। पेशागत क्षेत्रमा धैर्यता र संयमता आवश्यक छ। आर्थिक विषयमा सोचेर निर्णय लिनु राम्रो हुनेछ। आफन्तसँगको सहकार्यले काम सहज बन्नेछ। आज दिनभर सन्तुलित व्यवहार अपनाउँदा राम्रो हुनेछ।

धनुः आज समाजिक काममा सक्रियता बढ्नेछ। नयाँ व्यक्तिसँग परिचय हुँदा उपयोगी जानकारी प्राप्त हुनेछ। लेखन र अध्ययनसँग सम्बन्धित काममा प्रगति देखिनेछ। पेशागत क्षेत्रमा नयाँ सोचले कामलाई गति दिनेछ। आर्थिक पक्षमा सानो उपलब्धिले उत्साह थप्नेछ। तर छोटो यात्रा वा भेटघाटको योजना सोचेरमात्र बनाउँदा राम्रो हुनेछ। खानपानमा पनि ध्यान दिन आवश्यक छ।

मकरः आज आर्थिक व्यवस्थापनतर्फ ध्यान केन्द्रित हुनेछ। आम्दानी तथा खर्चको सन्तुलन मिलाउने प्रयास सफल हुनेछ। कामको क्षेत्रमा नयाँ जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त हुनेछ। परिवारका सदस्यसँग सहयोगी वातावरण बन्नेछ। धैर्य र योजना अनुसार काम गर्दा राम्रो हुनेछ। साथीभाइसँग विचार आदानप्रदान गर्दा नयाँ योजना बनाउन सकिनेछ। आत्मविश्वासका साथ निर्णय गर्दा काम सहज हुनेछ।

कुम्भः आज जागिरमा आत्मविश्वास र ऊर्जा बढेको अनुभव हुनेछ। नयाँ योजना शुरु गर्ने प्रेरणा प्राप्त हुनेछ। पेशागत क्षेत्रमा आफ्नो क्षमता देखाउने अवसर रहेको छ। आर्थिक विषयमा सन्तुलित सोच राख्दा लाभ मिल्नेछ। परिवारसँग समय बिताउँदा मन शान्त रहनेछ। सिर्जनात्मक काममा सकारात्मक उपलब्धि प्रााप्त हुनेछ। आज तपाइँले गरेका सबै काममा सफलता मिल्नेछ। टाढाको यात्रा पनि सफल हुनेछ ।

मीनः आज मन केही शान्त र अन्तर्मुखी बन्ने देखिन्छ। पुराना अनुभवबाट नयाँ योजना बनाउन सकिनेछ । एकान्तमा बसेर सोचविचार गर्दा उपयोगी निष्कर्ष निकाल्न सकिनेछ। नयाँ काम गर्दा संयमता अपनाउँदा राम्रो देखिनेछ। स्वास्थ्य तथा विश्राममा ध्यान दिनु उपयुक्त हुनेछ। आर्थिक विषयमा सावधानी अपनाउँदा भविष्यका लागि राम्रो हुनेछ। मित्रजनबाट अप्रत्याशित सहयोग प्राप्त हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ।

साइत (यात्रा): सूर्य मीन राशिमा, चन्द्रमा कुम्भ राशिमा रहनेछ । त्यसैले पश्चिम र दक्षिणबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज सोमबार परेकाले पूर्वको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व र उत्तरतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः४३ बजेदेखि ७ः१९ बजेसम्म अमृत बेला
बिहान ७ः१९ बजेदेखि ८ः५४ बजेसम्म काल बेला
बिहान ८ः५४ बजेदेखि १०ः२९ बजेसम्म शुभ बेला
बिहान १०ः२९ बजेदेखि १२ः०५ बजेसम्म रोग बेला
मध्यान्हमा १२ः०५ बजेदेखि १ः४० बजेसम्म उद्धेग बेला
दिनमा १ः४० बजेदेखि ३ः१५ बजेसम्म चर बेला
दिनमा ३ः१५ बजेदेखि ४ः५० बजेसम्म लाभ बेला
दिनमा ४ः५० बजेदेखि ६ः२६ बजेसम्म अमृत बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः२६ बजेदेखि ७ः५० बजेसम्म काल बेला
साँझ ७ः५० बजेदेखि ९ः१५ बजेसम्म शुभ बेला
राति ९ः१५ बजेदेखि १०ः३९ बजेसम्म रोग बेला
राति १०ः३९ बजेदेखि १२ः०० बजेसम्म उद्धेग बेला
राति १२ः०० बजेदेखि १ः२९ बजेसम्म चर बेला
राति १ः२९ बजेदेखि २ः५३ बजेसम्म लाभ बेला
रातिमा २ः५३ बजेदेखि ४ः१८ बजेसम्म अमृत बेला
रातिमा ४ः१८ बजेदेखि ०५ः४२ बजेसम्म काल बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.