पोखरा । जेन-जीले ११ सदस्यीय आधिकारिक वार्ता टोली बनाएका छन् ।
वार्ता टोलीमा मिराज डुङ्गाना, पुरुषोत्तम यादव, प्रवेश दाहाल, कासिफ मिया खान, योग्यता भण्डारी, टीका लिम्बू, बब्लु गुप्ता, अर्पित कुवरलगायत छन् ।
जेन-जीले आफ्ना माग तत्काल पूरा गर्न सरकारसँग अनुरोध गरेको छ ।
संसद् विघटन, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, २०४६ साल पछाडिका सबै नेताहरूको सम्पत्ति छानविन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, एउटा व्यक्ति दुईपटक भन्दा प्रधानमन्त्री हुन नपाउने व्यवस्था हुनुपर्नेलगायतका माग जेन-जी सहभागी थिए ।
तर, संसद् विघटनबाहेक जेन-जीका कुनै पनि माग पूरा भएको छैन ।