पाेखरा। चीनको उत्तरपश्चिम गान्सु प्रान्तको डिङ्सी सिटीस्थित लोङ्सी काउन्टीमा शनिबार ५दशमलव६ रेक्टरस्केलको भूकम्प गएपछि उक्त क्षेत्रभरी ठूलो धक्का महसुस गरिएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा तुरुन्तै उद्धार टोली परिचालन गरिएको छ ।
अग्नि नियन्त्रणका सवारी साधनहरू तीव्र गतिमा घटनास्थलतर्फ गएका छन् भने परिचालित अग्नि नियन्त्रणकर्मीहरूले उद्धार कार्य शुरू गरेका छन् ।
क्षति र सम्भावित मानवीय क्षतिको आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन । उद्धार तथा राहत कार्य भने निरन्तर जारी बताइन्छ । एजेन्सी