पोखरा । मुग्लिन-नारायणगढ सडक खण्डको तुइनखोलामा गएको पहिरो अझै हटाउन सकिएको छैन् ।
आइतबार बिहानैदेखि डिभिजन सडक कार्यालय भरतपुरको तीन वटा मेसिनले पहिरो पन्छाउन शुरू गरिएको छ ।
तर बिहान १० बजेसम्म पनि पहिरो हटाएर सडक खुलाउन सकिएको छैन् ।
माथिबाट पुनः पहिरो खसिरहेको कारणले गर्दा पनि पहिरो पन्छाउन थप चुनौती भएको हो ।
शुक्रबार बेलुका साढे छ बजेदेखि पहिरोको कारण सडक खण्ड बन्द भएको थियो ।
सडक बन्द हुँदा हजारौँ यात्रु गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन् ।
अलपत्र यात्रुलाई जिल्ला प्रशासन कार्यालय चितवनको समन्वयमा खाद्यान्न वितरण गरिएको थियो ।
यस सडकखण्ड भएर गुड्ने सवारीसाधन वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् ।