पाेखरा । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरीकाे हतियार लुट्ने दुई युवकलाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं ९ का ३७ वर्षीय मनिषकुमार अधिकारी तथा २१ वर्षीय सन्तोष कुमार यादव छन् ।
प्रहरीका अनुसार जेनजी आन्दोलनको क्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नं ९ स्थित मधेश प्रदेश लोक सेवा आयोगको कार्यालयमा सुरक्षाका लागि खटिएका नेपाल प्रहरीबाट एक थान एसएलआर राइफल उनीहरूले लुटेका थिए ।
साे क्रममा कार्यालय तोडफोड, आगजनी र लुटपाट तथा प्रहरीको ५० राउण्ड गोलीसमेत लुटिएकाे थियाे । प्रहरीले अनुसन्धानका क्रममा ‘सीसीटीभी’ भिडियोको आधारमा दुवै व्यक्तिलाई पक्राउ गरिएको हाे ।
भाडाको घरमा रहेको लोकसेवा आयोगको कार्यालयभित्र चारवटा चारपाङ्ग्रे गाडी, चार वटा मोटरसाइकल, सीसीटिभी क्यामरा र कार्यालयमा तोडफोड तथा आगजनी भएको छ ।