Nidan Media

जेन-जी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

पोखरा । सरकारले भदौ २३ र २४ गते जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुगेको जनाएको छ ।

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्ने क्रममा सरकारले यस्तो जानकारी गराएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएअनुसार आन्दोलनकारीतर्फ ५९ जनाले मृत्युवरण गरेका छन् ।

यस्तै, प्रहरीतर्फ तीन जनाको निधन र कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरुको मृत्यु भएको हो ।

सरकारले जेनजी आन्दोलनमा मारिनेहरुलाई शहीद घोषणा गर्नुको साथै परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.