पोखरा । देशभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले बुधबार साँझ ६ बजेदेखि कर्फ्यू आदेशलाई झन कडा बनाउने भएको छ ।
पछिल्लो आन्दोलनपछिको परिस्थितिलाई मध्यनजर गर्दै सेनाले यस्तो कदम चालेको हो । सेनाले निषेधाज्ञा तथा कफ्र्यूको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प्रयोग गर्ने अत्यावश्यक सवारी साधनमात्र सञ्चालनमा रहन पाउने जनाएको छ ।
नेपाली सेनाले सम्बद्ध निकायसँग समन्वयमा रही आन्दोलनपछिको अवस्था व्यवस्थापन गर्न पहल गरिरहेको जनाएको छ ।
साथै, नागरिकहरूलाई काम नपरी बाहिर ननिस्कन समेत अपिल गरिएको छ ।