पाेखरा । जेनजीको आन्दोलनसँगै मंगलबारमंगलबार मध्याह्नदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब २७ घण्टापछि सञ्चालनमा आएको छ । विमानस्थल बुधबार अपराह्नदेखि सञ्चालनमा आएको हो ।
बुधबार बसेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकको निर्णयअनुसार पुनः सञ्चालन गर्ने निर्णय भएको विमानस्थल कार्यालयले जनाएको हो ।
यसअघि विषम परिस्थिति भन्दै कार्यालयले अनिश्चितकालका लागि विमानस्थल बन्द गर्ने निर्णय गरेको थियो । विमानस्थल आवागमन गर्ने यात्रुलाई आफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गर्न समेत कार्यालयले अनुरोध गरेको छ ।
‘हवाई उडानका लागि विमानस्थलमा आवागमन गर्नुहुने यात्रु महानुभावहरूले आआफ्नो वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयको जानकारी लिई मात्र विमानस्थल आउजाउ गर्न हुन साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउन हुन समेत अनुरोध छ,’ कार्यालयको सूचनामा भनिएको छ ।