पाेखरा । जेन-जी पुस्ताकाे प्रदर्शनको क्रममा काठमाडाैँस्थित प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुईजना प्रहरीको मृत्यु भएको छ ।
मंगलबार जेनजीले गरको प्रदर्शनका क्रममा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता विनोद घिमिरेले जानकारी दिएका छन् ।
उनले हालसम्म दुई जना प्रहरीको मृत्यु भएको पुष्टि भएको बताए । बाँकी कति प्रहरीको मृत्यु भयो भन्नेबारे अहिलेसम्म विवरण नआएको उनको भनाई छ ।