Nidan Media

पाेखरास्थित टेलिकम, इलाका प्रशासन र मुख्यमन्त्रीकाे निवास ध्वस्त

पोखरा । जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रदर्शनकारीले पोखराको लेखनाथस्थित इलाका प्रशासन कार्यालय कब्जा गरेका छन् । उनीहरुले कार्यालयमा तोडफोड र आगजनी गरेका छन् ।

यता, पोखराकै महेन्द्रपुलस्थित नेपाल टेलिकमको कार्यालय पनि प्रदर्शनकारीले तोडफोड गरेका छन् । भवनका सबै सिसा फुटाएका प्रदर्शनकारीले कार्यालय भित्रै रहेको एउटा गाडीमा आगजनी गरेका छन् ।

यस्तै प्रदर्शनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीकाे सरकारी निवास पनि ताेडफाेड र आगजनी गरी ध्वस्त पारेका छन् ।

त्यसअघि पोखराका मेयर धनराज आचार्य र गण्डकीका मन्त्री विन्दुकुमार थापाको निजी निवासमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् ।

प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले लाठी र अश्रुग्याँस प्रहार गर्नुका साथै हवाईफायर गरेको थियो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.