Nidan Media

पोखराका मेयर आचार्य र गण्डकीका मन्त्री थापाको घरमा तोडफोड र आगजनी

पोखरा । जेनजी पुस्ताको आन्दोलनका क्रममा प्रदर्शनकारीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको निजी निवासमा तोडफाड आगजनी गरेका छन् ।

सोमबारको आन्दोलन हिंसात्मक बनेपछि झनै आक्रोशित बनेका प्रदर्शनकारीले नेताका घर छानिछानि तोडफोड र आगजनी गरेका छन् ।

यसक्रममा पोखराको नयाँबजारस्थित मेयर आचार्यको घर पनि प्रदर्शनकारीको नजरमा परेको हो ।

त्यसलगत्तै प्रदर्शनकारीले नयाँबजारमै रहेको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाको गरमा पनि तोडफोड र आगजनी गरेका छन्।

पोखरामा आन्दोलन उग्र बन्न थालेपछि प्रहरीले अश्रुग्याँस प्रहार र हवाइ फायर गरेको छ ।

पोखराका मुख्य चोकमा बसेर प्रदर्शनकारीले नारावाजी गरेका छन् । आन्दोलनका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।

घाइतेमध्ये एक जनालाई अस्पताल पुर्याइएको छ । केही युवाहरुले मोटरसाइकल र्यालीसहित बजार परिक्रममा गरेका छन् ।

सोमबार भएको आन्दोलनमा पोखरामा चार जना घाइते भएको र उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीले गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा तोडफोडसँगै आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको थियो ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.