Nidan Media

आज र भोलि निजी विद्यालयमा शोक बिदा, पाेखराका सबै विद्यालयमा बिदा

पोखरा । निजी विद्यालय सम्बद्ध विभिन्न सङ्गठनले मंगलबार र बुधबार देशभरका निजी विद्यालयमा शोक बिदा दिएका छन् ।

जेनजी पुस्ताको आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति दुःखद व्यक्त गर्दै निजी विद्यालयहरुले भदौ २४ र ४५ गते शोक बिदा दिने निर्णय गरेका हुन् ।

‘देशका विभिन्न भागमा भएका आन्दोलनका क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको अत्यन्त दुःखद् र पीडादायी अवस्था सिर्जना भएको छ । विभिन्न अस्पतालमा सयौँ घाइतेको उपचार भइरहेको छ, जसले केवल शैक्षिक क्षेत्र मात्र होइन, समग्र नेपाली समाजलाई स्तब्ध बनाएको छ’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘यस अकल्पनीय घटनाले हामी सबैलाई गहिरो पीडा दिएको छ । हामी दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गर्दछौँ । शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौँ । साथै, उपचाररत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । यस्तो दुःखद बिषयमा निर्णय लिनु परेको यस मार्मिक र पीडादायी घडीमा, मिति २०८२ भाद्र २४ र २५ गते शोक बिदा दिने निर्णय गरिएको जानकारी गराइन्छ ।’

नेपाल मन्टेश्वरी एसोसिएशन, अपेन, हिसान, नेशनल प्याब्सन र प्याब्सनले संयुक्त सिवज्ञप्तिमार्फत यस्तो निर्णय सार्वजनिक गरेका हुन् ।

यता, पोखरामा पनि आज मंगलबारका लागि सबै विद्यालयमा बिदाई दिइएको छ । ‘पोखरा महानगरपालिकाद्वारा देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै महानगरभित्रका सम्पूर्ण विद्यालय आज २०८२ साल भाद्र २४ गते बन्द गर्ने निर्णय गरिएको छ’, महानगरकाे सूचनामा भनिएको छ ।

यस्ताे छ विज्ञप्ति

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.