Nidan Media

चल्न थाल्यो फेसबुकसहितका सामाजिक सञ्जाल

पोखरा । केही दिनदेखि बन्द रहेको सामाजिक सञ्जाल फेसबुक चल्न थालेको छ ।

पोखरासहित देशभर वल्र्डलिंक, भाइनेट, पोखरा इन्टरनेट, सुबिसूसहितको इन्टरनेटबाट फेसबुकसहितका सामाजिक सञ्जाल खुल्न थालेका हुन् ।

जेनजीको आन्दोलनसँगै सामाजिक सञ्जाल चल्न थालेपछि कतिपय आश्चर्यमा परेका छन् ।

यद्यपि नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरनेट सेवा प्रदायक सङ्घलगायतका संस्थाले सरकारी निर्णय कायमै रहेको बताएको छ ।

जेनजीको आन्दोलन हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद बैठक बोलाएका छन् ।

बैठकले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिनसक्ने अड्कलबाजी गरिएको छ ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.