Nidan Media

हेमन्त शर्मा र छोरा हिरकको सहकार्यमा फ्युजन गीत: र्‍याप र मेलोडीको मिश्रण ‘मेरो गिदी नखाउँ’ सार्वजनिक

 नेपाली संगीत क्षेत्रमा दशकौँदेखि आफ्नो आवाज र गीतमार्फत योगदान पुर्‍याउँदै आएका गायक हेमन्त शर्माले नयाँ प्रयोग गर्दै फ्युजन गीत सार्वजनिक गरेका छन्। मेरो गिदी नखाउँ शीर्षकको यस गीतमा उनले गायिका एलिना चौहान र आफ्नै जेठो छोरा हिरक हेमन्त भट्टराईसँग सहकार्य गरेका छन्।

गीतलाई रोचक बनाउन हिरकले र्‍यापको स्पर्श दिएका छन्, जसले युवापुस्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। गीतका शब्द र संगीत पिता–छोराकै संयुक्त सिर्जना हो।

भिडियो पनि आकर्षक बनाइएको छ, जसमा हालका लोकप्रिय मोडल डोना थापा मगर, देवी गर्वुजा मगर र निकिसा श्रेष्ठको भूमिका देख्न सकिन्छ। भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् भने अमृत चापागाईले सम्पादन गरेका छन्। गीत सार्वजनिक भएको केही घण्टामै दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।

 

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.