Nidan Media

कलाकारबाट नेतासम्म कोमल वलीको बालेन शाहमाथि टिप्पणी

लोकप्रिय कलाकार र हाल एमाले नेतृ कोमल वलीले काठमाडौं महानगरका मेयर बालेन शाहमाथि तीका टिप्पणी गरेकी छन्। उनले शाहको नेतृत्व शैली र राजनीतिक परिपक्वतामाथि प्रश्न उठाउँदै भनिन्,
“बालेन शाहले काठमाडौंको राजनीति लथालिङ्ग पार्नुभयो। उहाँको भविष्य २०८४ मा छैन जस्तो लाग्छ। मलाई लाग्छ उहाँलाई राजनीति मन परेन जस्तो छ।”
उनका अनुसार, मेयर शाह वडाध्यक्ष र उपमेयरसँग समेत समन्वय गर्न असफल भइरहेका छन्। वली थप्छिन्,


“मै हुँ भनेर मात्र समाज चल्दैन। राजनीति आवेग र स्टन्टले होइन, मिलेर गर्नुपर्ने हो। उहाँले राजनीतिक दलसँग सहकार्य गर्दा राम्रो हुन्छ, नत्र सफल हुने सम्भावना कम देखिन्छ।”
कोमल वली पछिल्लो समय गीतसङ्गीतभन्दा बढी राजनीतिमा सक्रिय छिन्। उनी हाल एमालेसँग आबद्ध छिन् र गत प्रतिनिधिसभा चुनावमा दाङ–३ बाट उम्मेदवारी दिएकी थिइन्। तर, नेपाली कांग्रेसका दीपक गिरीसँग हार्दै उनले २९ हजार ३२ मत प्राप्त गर्दा गिरीले ३६ हजार ८४२ मत ल्याएका थिए।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.