छोरा छोरीलाई फिल्ममा ल्याउने तयारीमा जुटेका छन् निखिल र सञ्चिता । निखिल लामो समयपछिको कम ब्याक गर्दै फिल्म निर्माणको तयारीमा जुटेका छन् । यता सञ्चिता पनि छोराछोरी हुर्काएर फिल्मी कर्ममा फर्किएकी छन्। यस्तैमा यो जोडीका छोरा-छोरी पनि फिल्मको तयारीमा रहेको सञ्चिताले खुलाएकी छन् ।
निखिल सञ्चिताका छोराछोरीले बिज्ञापनहरुमा काम गरीसकेका छन्, कलकारितामा प्रवेश गरी सकेका छन् । र अब भने सिनेमाका लागी छोराछोरी पनि तयारी गरिरहेको उनी सुनाउँछीन् । उनका छोरा १३ वर्ष र छोरी १२ वर्ष उमेरका भएका छन् ।
सञ्चिता थप सुनाउँछीन्, ‘बच्चाहरुको पनि यस क्षेत्रमा लगाव छ । आफै मेहनत पनि गर्दै छन् । हामीले गरेको चलचित्रको काम हेरेर पनि खुसी हुन्छन्, अब छिट्टै सिनेमामा आउँछन्।’