Skip to content

दूधमा अनुदान पाउन थालेपछि बाग्लुङका किसान उत्साहित

बाग्लुङ ।  दूधमा प्रतिलिटर पाँच रुपैयाँ अनुदान पाउन थालेपछि बाग्लुङका दुग्ध उत्पादक किसान उत्साहित भएका छन् । गएको वर्षसम्म प्रतिलिटर साढे दुई रुपैयाँ पाउँदै आएका किसानले चालू आर्थिक वर्षदेखि पाँच रुपैयाँ अनुदान पाउन थालेका हुन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाग्लुङले किसानलाई उत्पादनका आधारमा दूधमा अनुदान दिन थालेको हो । किसानलाई प्रोत्साहन र जिल्लालाई दूधमा आत्मनिर्भर बनाउनका लागि अनुदान उपलब्ध गराएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाग्लुङका प्रमुख डा. ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।

बाग्लुङमा वार्षिक २३ मेट्रिक टन दूध उत्पादन हुँदै आएको छ । त्यसमध्ये दुई लाख लिटर अन्य जिल्लामा निर्यात गर्ने गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Wordpress Social Share Plugin powered by Ultimatelysocial
0
Would love your thoughts, please comment.x
()
x