पोखरा । पोखरामा लागू औषधसहित १ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलिले पोखरा महानगरपालिका वडा नं.२९ भण्डारढिक नयाँवस्तीका २६ वर्षीय कपील घिमिरे लाई पक्राउ गरेको हो ।
उनको साथबाट लागु औषध डाइजापाम- २२८ एम्पुल, फेनेरागन- २१२ एम्पुल, र ब्रुफिन- २२२ एम्पूल गरी जम्मा ६६२ (छ सय बैसठ्ठी) एम्पुल लागू औषध र मोबाइल फोन थान-१ समेत प्रहरीले बरामद गरेको छ । कास्की जिल्ला अदालतबाट लागु औषध सम्बन्धी मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढेको प्रहरीले बताएको छ ।