Nidan Media

कृष्ण भजनमा ओमकार भजन समुह प्रथम

पोखरा । पोखराकाे बाटुलेचौरमा आयोजित श्रीकृष्ण भजन राष्ट्रिय प्रतियोगितामा फुलवारीको ॐकार भजन समुह प्रथम भएको छ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा हेम्जाको देविस्थान भजन समुह द्वितीय, बाटुलेचौरको बडहरवोट आमा समुह  तृतीय र काठमाडौं, टोखाको मुक्तेश्वर खैजेडी लोक भजन समुह र विन्ध्यवासिनी मावि बाटुलेचौरले   सान्त्वना स्थान प्राप्त गरेको छ। 

काठमाडौं, लम्जुङ्ग सहित देशका विभिन्न भागबाट १७ टोलिले प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख, प्रमाणपत्र, द्वितीय हुनेले नगद ७५ हजार, प्रमाणपत्र, तृतीयले ५० हजार, प्रमाणपत्र र सान्त्वना हुनेले नगद २५ हजार र प्रमाणपत्र प्राप्त गरेको प्रचार प्रसार उपसमितिका संयोजक रामप्रसाद पौडेल घर्मेलीले जानकारी दिए। सहभागी टोलीलाई जनही ५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियो। 

उत्कृष्ट टोलीलाई प्रतिष्ठानका पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी ,   अध्यक्ष हरिवहादुर वरूवाल, मानार्थ सदस्य हरिलाल तिमिल्सिना लगायतकाले पुरस्कार वितरण गरे ।

 प्रतियोगिताको निर्णायकमा प्रा डा कुशुमाकर न्यौपाने ,डा    अम्बिका प्रसाद भट्टराई , नवराज बराल, सिर्जना थापा  र शिवप्रसाद पराजुली थिए ।  

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले धार्मिक सहिष्णुता र एकताले समाजलाई असल बाटोमा दोहोर्याउने बताए। उनले पोखरा प्रकृतिको मात्र नभई कला, संस्कृति र परम्परामा पनि उत्तिकै धनी रहेको बताए। प्रतिष्ठानका अध्यक्ष वरूवालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष दुर्गादेवी बस्नेत, पशुपति कोटी होमका संकल्प कर्ता योगेश्वर विजय कृष्णमुर्ति महाराज, सचिव दिपेन्द्र बानियाँ, सदस्य सुनिता देवकोटा, रामप्रसाद पौडेल लगायतकाले बोल्नुभएको थियो। 

कार्यक्रमको सञ्चालन अग्रज गायक प्रजापति पराजुलीले गरेका थिए। कार्यक्रममा सहयोगदातालाई सम्मान समेत गरिएको थियो। राती अबेरसम्म भएको  कार्यक्रम हेर्न आसपासका क्षेत्रबाट उल्लेख रूपमा  दर्शक सहभागी  भएका थिए ।

समन्धित समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.