Nidan Media

पर्वतमा अटो दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

पोखरा। पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा शनिबार दिउँसो अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

मृत्यु  हुनेमा बिहादी गाउँपालिका-१ बाच्छा देउरालीका ४९ वर्षीय प्रेमबहादुर विक  छन्।

दुर्घटनामा गम्भीर घाइते भएका विकको प्रदेश अस्पताल कुश्मामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा फलेवास-११ पाङग्राङका ३६ वर्षीय मनबहादुर परियार (अटो चालक) सहित बिहादी-१ बाच्छा देउरालीकी २४ वर्षीया कबिता विक, १५ वर्षीया अन्जुली विक र १३ वर्षीया दुर्गा विक घाइते भएका छन्।

घाइते सबैको प्रदेश अस्पताल कुश्मामा उपचार भइरहेको छ।

लुङ्खुबाट बाच्छातर्फ जाँदै गरेको ध१ह ६१ नम्बरको अटो ओरालो सडकमा चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.