Nidan Media

सुनको भाउ घट्दा चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ सामान्य घट्दा चाँदीको बढेको छ।

आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा दुई सय घट्दा चाँदीको २५ रुपैयाँ बढेको हो।

मूल्य घटेसँगै सोमबार छापावाला सुन प्रतितोला तीन लाख एक हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि आइतबार सुनको भाउ प्रतितोला दुई लाख एक हजार सात सय रुपैयाँ रहेको थियो।

यता, आइतबार प्रतितोला चार हजार छ सय ४५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार बढेर चार हजार छ सय ७० रुपैयाँ पुगेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.