प्युठान। प्युठानको नौबहिनी गाउँपालिका-२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक तथा त्यसका विभिन्न पार्टपुर्जा बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय लुङ्गबहानेबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा सामुदायिक वनभित्र पातले छोपेर लुकाइछिपाइ राखिएको अवस्थामा १८ थान साबुत भरुवा बन्दुक, १४ थान बेसाबुत भरुवा बन्दुक, चार थान बन्दुकका नाल, एक थान बटको कुण्डा तथा तीन थान भरुवा बन्दुकका चाप फेला पारी नियन्त्रणमा लिएको हो।
बरामद हतियार कसले र किन लुकाएर राखेको भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।




