Nidan Media

सामूहिक जबर्जस्ती करणी मुद्दामा फरार प्रतिवादी पक्राउ

काठमाडौँ। बाँकेमा सामूहिक जबर्जस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।

प्रहरीका अनुसार २०८२ साउन ११ गते राति करिब ७ः३० बजे कोहलपुर नगरपालिका-११ हरियालीमार्ग बसपार्क नजिक रहेको सत्यानी गेष्ट हाउसमा खजुरा गाउँपालिका-२ निवासी २० वर्षीय प्रदीप सुनार र २८ वर्षीय मोहन सत्यालले १४ र १५ वर्षीया दुई बालिकालाई लगेर रातभर पालैपालो सामूहिक जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता भएको थियो।

घटनापछि प्रदीप सुनार २०८३ साउन १२ गते नै पक्राउ परेका थिए।

फरार रहेका अर्का प्रतिवादी मोहन सत्याललाई प्रहरीले साउन १७ गते बाँकेको खजुरा गाउँपालिका-५ स्थित नेपालगञ्ज-गुलरिया हुलाकी सडकखण्डबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका सत्यालमाथि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.