Nidan Media

जेन्जी आन्दोलनमा कारागारबाट भागेका कैदी भरुवा बन्दुकसहित पक्राउ

चितवन । जेन्जी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राप्ती नगरपालिका–११ थाकलटार निवासी ४५ वर्षीय आइतसिंह लामालाई शुक्रबार बिहान ३ः१५ बजे इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले उनकै घरबाट पक्राउ गरेको हो।

लामा एकसिंगे गैँडा मारेको वन्यजन्तुसम्बन्धी मुद्दामा दोषी ठहर भई १५ वर्ष कैद र १० लाख रुपैयाँ जरिवाना सजाय पाएका व्यक्ति हुन्। उनी २०८२ भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा भरतपुर कारागारबाट फरार भएका थिए।

प्रहरीले लामाको साथबाट एक थान भरुवा बन्दुक पनि बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.