काठमाडौँ। नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ बढेको छ।
बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा एक हजार र चाँदीको ५० रुपैयाँ बढेको हो।
मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।
यसअघि बिहीबार सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ रहेको थियो ।
यता, बिहीबार प्रतितोला चार हजार तीन सय १० रुपैयाँ रहेको असली चाँदीको भाउ शुक्रबार बढेर चार हजार तीन सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।




