Nidan Media

तोलामा एक हजार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ। नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ बढेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा एक हजार र चाँदीको ५० रुपैयाँ बढेको हो।

मूल्य बढेसँगै शुक्रबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८५ हजार  रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि बिहीबार सुनको भाउ प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ रहेको थियो ।

यता, बिहीबार प्रतितोला चार हजार तीन सय १० रुपैयाँ रहेको असली चाँदीको भाउ शुक्रबार बढेर चार हजार तीन सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.