Nidan Media

सुनको भाउ बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको भाउ बढ्दा चाँदीको बढेको छ।

बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा आठ सय रुपैयाँ बढ्दा चाँदीको १० रुपैयाँ घटेको हो।

मूल्य बढेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

यसअघि बुधबार सुनको भाउ प्रतितोला दुई लाख ८३ हजार दुई सय रुपैयाँ रहेको थियो ।

यता, बुधबार प्रतितोला चार हजार तीन सय १० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार बढेर चार हजार तीन सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.