Nidan Media

कपिलवस्तुमा टिप्परको ठक्करबाट पैदलयात्रीको मृत्यु

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका-५, दक्षिण रहटकोलस्थित सडकमा टिप्परको ठक्करबाट एक पैदलयात्रीको ज्यान गएको छ।

बुधबार राति संजीवनी चोकबाट दक्षिण रहटकोलतर्फ जाँदै गरेको ना८ख ६३१० नम्बरको टिप्परले हालसम्म नाम, थर र ठेगाना नखुलेका करिब ४५ वर्षीय पुरुषलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा उनको ढाड, छाती तथा दुवै खुट्टामा गम्भीर चोट लागेको थियो।

प्रारम्भिक उपचार संजीवनी सामुदायिक अस्पताल, चन्द्रौटामा गरिएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल रिफर गरिएको थियो।

उपचारकै क्रममा बिहीबार बिहान २:०७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनापछि वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले टिप्पर चालक शिवराज नगरपालिका-५ निवासी ३७ वर्षीय सुरज चौधरीलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मृतकको पहिचान खुल्न बाँकी रहेको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.