Nidan Media

हास्य भिडियोबाट चम्किँदै मनोज कँडेल, सामाजिक सञ्जालमा बढ्दो लोकप्रियता

चितवन। नेपाली डिजिटल कन्टेन्ट क्रिएटर मनोज कँडेल हास्य तथा मनोरञ्जनात्मक भिडियोमार्फत सामाजिक सञ्जालमा लोकप्रिय बन्दै गएका छन्। मौलिक प्रस्तुति र सहज अभिनयका कारण उनले छोटो समयमै ठूलो दर्शक वर्गको साथ पाएका छन्।

टिकटक @manojkandel03 मा उनका एक लाख ६८ हजारभन्दा बढी फलोअर र एक करोडभन्दा बढी लाइक छन्।

उनका भिडियोले नियमित रूपमा लाखौँ भ्यूज बटुल्ने गरेका छन् भने एउटा भिडियोले मात्रै एक करोड २० लाखभन्दा बढी भ्युज प्राप्त गरेको छ।

उनी “Manoj KDL” युट्युब च्यानल र “Manoj Kandel” फेसबुक पेजमार्फत पनि सक्रिय छन्। फेसबुकमा उनका ९५ हजारभन्दा बढी फलोअर रहेका छन्, जहाँ उनले नियमित रूपमा नयाँ हास्य तथा मनोरञ्जनात्मक सामग्री सार्वजनिक गर्दै आएका छन्।

दैनिक जीवन, सामाजिक परिवेश र समसामयिक विषयलाई हास्य शैलीमा प्रस्तुत गर्ने उनको शैलीले नेपालसँगै विदेशमा रहेका नेपाली दर्शकमाझ पनि राम्रो लोकप्रियता हासिल गरेको छ।

उनका मौलिक कन्टेन्टले धेरै युवालाई डिजिटल कन्टेन्ट निर्माणतर्फ प्रेरित गरेको दर्शकहरूको प्रतिक्रिया छ।

कन्टेन्ट निर्माणसँगै उनी शेयर बजार र दीर्घकालीन लगानीमा पनि रुचि राख्छन्।

हाल टिकटक, युट्युब र फेसबुकमार्फत निरन्तर नयाँ सामग्री प्रस्तुत गर्दै मनोज कँडेल नेपाली डिजिटल मनोरञ्जन क्षेत्रमा आफ्नो छुट्टै पहिचान थप मजबुत बनाइरहेका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.