Nidan Media

चीन भ्रमणमा झलनाथ खनाल, उच्च नेतृत्वसँग द्विपक्षीय सम्बन्धबारे छलफल हुने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल एक साताव्यापी औपचारिक भ्रमणका लागि बिहीबार चीन प्रस्थान गरेका छन्।

जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा उनी सिचुवान एयरलाइन्समार्फत चीन गएका हुन्।

भ्रमणका क्रममा खनालले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का उच्च नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटघाटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, परम्परागत मित्रता तथा आर्थिक, राजनीतिक र विकास सहकार्यलाई थप विस्तार गर्ने विषयमा उच्चस्तरीय छलफल हुने जनाइएको छ।

खनालको भ्रमणलाई नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा हेरिएको छ। पछिल्ला वर्षहरूमा पूर्वाधार, व्यापार, लगानी र क्षेत्रीय सहकार्यका विषयमा दुई देशबीच संवाद बढिरहेका बेला उनको भ्रमणले द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.