काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा चार सय बढ्दा र चाँदीको ९० रुपैयाँ घटेको छ ।
मूल्य बढेसँगै बिहीबार छापावाला सुन प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन प्रतितोला दुई लाख ८४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, बुधबार प्रतितोला चार हजार चार सय १५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बिहीबार घटेर चार हजार तीन सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।




