Nidan Media

ह्वात्तै बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । आइतबारको तुलनामा सोमाबार सुनको भाउ तोलामा पाँच हजार र चाँदीको एक सय २० रुपैयाँ बढेको हो ।

मूल्य बढेसँगै सोमबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ९८ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।

यसअघि आइतबार सुनको भाउ प्रतितोला दुईलाख ९३ हजार दुई सय रुपैयाँ रहेको थियो।

यता, आइतबार प्रतितोला चार हजार आठ सय ९५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ सोमबार बढेर पाँच हजार १५ रुपैयाँ पुगेको छ ।

सुनचाँदीको मूल्य हालसम्मकै उच्च गत माघ १५ गते भएको थियो । उक्त दिनमा सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय र चाँदी सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनको मूल्य प्रभावित भएको बजार विश्लेषकहरूको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका आधारमा नेपालमा महासंघले दैनिक रूपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.