Nidan Media

कांग्रेस युवा नेता बास्तोलाको सवारी दुर्घटनामा निधन

पोखरा। पोखरामा सवारी दुर्घटनामा परी नेपाली कांग्रेसका युवा नेता राजीव बास्तोलाको निधन भएको छ।

आइतबार साँझ करिब ६ः१५ बजे पोखराको सभागृहचोक र सिर्जनाचोकको बीचमा बास्तोला सवार मोटरसाइकललाई रेडी मिक्सचरले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै बास्तोलालाई उपचारका लागि मेट्रोसिटी अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको बताइएको छ ।

उनको शवलाई पोष्टमार्टमका लागि मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

रेडीमिक्सचर र त्यसका चालक हेटौँडाका ४० वर्षीय राजन अधिकारीलाई बैदाम प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.