Nidan Media

कतारविरुद्ध स्विट्जरल्यान्डको अग्रता, एम्बोलोले गरे पेनाल्टीमा गोल

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को खेलमा स्विट्जरल्यान्डले कतारविरुद्ध १-० को अग्रता बनाएको छ।

पहिलो हाफको १७औँ मिनेटमा प्राप्त पेनाल्टी अवसरलाई ब्रिल एम्बोलोले सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।

कतारका गोलरक्षक महमुद अबुनादाले पेनाल्टी क्षेत्रमा एम्बोलोलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए।

एम्बोलोले सहज रूपमा बललाई जाली चुमाउँदै स्विट्जरल्यान्डलाई महत्वपूर्ण अग्रता दिलाए।

पहिलो हाफ जारी रहँदा स्विट्जरल्यान्ड १-० ले अघि रहेको छ र कतार बराबरी गोलको खोजीमा रहेको छ।

पहिलो हाफमा आएको यो गोलले स्विट्जरल्यान्डलाई मनोवैज्ञानिक रूपमा बलियो बनाएको छ भने कतारमाथि खेलमा फर्किन दबाब बढेको छ। समूह ‘बी’ को प्रतिस्पर्धात्मक समीकरणलाई ध्यानमा राख्दा यो गोल निकै महत्वपूर्ण मानिएको छ।

समूह ‘बी’ को यो खेलमा क्यानडाले पनि विशेष चासोका साथ नजर राखेको छ।

बोस्निया एन्ड हर्जगोभिनासँग १-१ को बराबरी खेलेको क्यानडाले अब आफ्नो आगामी खेलमा स्विट्जरल्यान्ड र कतार दुवैको सामना गर्ने भएकाले यो नतिजाले समूहको समीकरणमा प्रभाव पार्नेछ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.