Nidan Media

सेफ सन्तोष साह पक्राउ

काठमाडौँ । बैंकिङ कसुरसम्बन्धी मुद्दामा अदालतको पक्राउ पुर्जी जारी भएपछि सेफ सन्तोष साहलाई पक्राउ गरिएको छ ।

उनलाई शुक्रबार राति महोत्तरीबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

जिल्ला अदालत काठमाडौँबाट जारी भएको पक्राउ अनुमति अनुसार प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

एक रेष्टुरेन्ट खरिदसम्बन्धी आर्थिक विवादपछि साहविरुद्ध बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो ।

आरोप अनुसार साहले उक्त रेष्टुरेन्ट एक करोड ३० लाख रुपैयाँमा खरिद गर्ने सम्झौता गरेका थिए । तर सम्झौताअनुसार सम्पूर्ण रकम भुक्तानी नगरेको आरोप लगाइएको छ ।

रेष्टुरेन्ट बिक्रीकर्ताले बाँकी रकम नपाएको भन्दै बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गरेको थियो । सोही उजुरीका आधारमा अदालतले पक्राउ अनुमति जारी गरेपछि प्रहरीले उनलाई महोत्तरीबाट पक्राउ गरेको हो ।

अहिले उनलाई थप अनुसन्धानका लागि काठमाडौँ ल्याइने तयारी गरिएको प्रहरीले जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.