Nidan Media

कास्कीका प्रमुख जिल्ला अधिकारी शर्माको सरुवा

काठमाडौँ । कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)रुद्रादेवी शर्माको सरुवा भएको छ ।

गृह मन्त्रालयले १३ जिल्लाका प्रजिअ परिवर्तन गर्ने क्रममा शर्माको सरुवा भएको हो ।

शर्मालाई धनकुट्टाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकिएको छ ।

शर्मा २०८२ जेठमै कास्कीको प्रजिअ भएर आएकी थिइन्।

त्यसअघि उनी बर्दियाको प्रजिअ रहेकी थिइन्।

उनको स्थानमा गृह मन्त्रालयमा कार्यरत कुमानसिंह गुरुङ आउने भएका छन्।

यसैगरी स्याङ्जाका प्रजिअ ईश्वरीप्रसाद अर्यालको पनि सरुवा भएको छ ।

उनलाई संखुवासभा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको हो।

उनको स्थानमा गृह मन्त्रालयमा कार्यरत निराजन घिमिरेलाई पठाइएको छ ।

शुक्रबारको गृहमन्त्रीस्तरीय निर्णयबाट १३ जिल्लाका सीडीओ परिवर्तन गरिएको हो।

मन्त्रालय अन्तर्गतका पाँच महाशाखा र विभागमा पनि सहसचिव परिवर्तन भएका छन् ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.