काठमाडौँ । एसियन गेम्स महिला टि-२० क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।
खेल मलेसियाको वायोमास ओभलमा नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि शुरू हुनेछ।
समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल समूह ‘बी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेको हो।
नेपालले पहिलो खेलमा चिलीलाई १९ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा इन्डोनेसियालाई ४ विकेटले हराएको थियो।
आजको खेलमा जित हासिल गरे नेपाल प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ र एसियन गेम्समा स्थान बनाउने लक्ष्यतर्फ थप नजिक पुग्नेछ।
नेपाली टोली लगातार तेस्रो जित निकाल्दै उपाधि यात्रालाई कायम राख्ने योजनामा रहेको छ भने घरेलु टोली मलेसिया पनि फाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ।



