Nidan Media

फेवातालमा डुबेर एक युवकको मृत्यु

पोखरा । फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ।

जिल्ला कास्कीको पोखरा महानगरपालिका-११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय युवक फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए।

युवक हराएको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीको कमाण्डमा १३ जनाको उद्धार टोली परिचालन गरिएको थियो। टोलीमा विशेषज्ञ गोताखोरसमेत सहभागी थिए।

सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी गर्ने क्रममा राति ३ः३५ बजे ती युवकलाई अचेत अवस्थामा फेवातालबाट बाहिर निकालेको थियो।

उनलाई तत्काल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो।

अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरूले जाँचका क्रममा युवकलाई मृत घोषणा गरेका हुन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.