Nidan Media

सर्वसाधारणका लागि खुल्यो टक्सार पिखुवा हाइड्रोपावरको आईपीओ

काठमाडौँ। टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि दोस्रो चरणअन्तर्गत प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ।

कम्पनीले कुल २५ लाख १५ हजार चार सय ५५ कित्ता साधारण शेयर निष्काशन गरेको जनाएको छ।

यसअघि आयोजना प्रभावित भोजपुरका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको शेयर बाँडफाँड गरिसकिएको कम्पनीले अब सर्वसाधारण लगानीकर्ताका लागि आवेदन खुला गरेको हो।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। आवेदन आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्था र मेरो शेयर अनलाइन प्रणालीबाट दिन सकिनेछ।

कम्पनीका अनुसार आईपीओमा आवेदन दिने अवधि छिटोमा वैशाख २८ गतेसम्म र ढिलोमा जेठ ६ गतेसम्म रहनेछ। यस अवधिभित्र इच्छुक लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.