सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः
आजको पञ्चाङ्ग
मिति २०८३ वैशाख २२ गते मंगलबार, इस्वीसंवत मे ५ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार शुद्धज्येष्ठकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज शुद्धज्येष्ठकृष्णपक्षको चतुर्थी तिथि अहोरात्र रहनेछ। नक्षत्रमा ज्येष्ठा बिहानमा ११ः१७ बजेसम्म त्यसपछि मूल नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शिव ४३ घटि ४१ पलासम्म त्यसपछि सिद्धि योग लाग्नेछ । करणमा बब रहनेछ । आनन्दादि योगमा मुद्गर रहनेछ ।
सूर्य मेष राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । आज दिनमान ३३ घटि ८ पला अर्थात १३ घण्टा १८ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः२४ बजे जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः३९ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने रातिमा १०ः०९ बजे र अस्ताउने समय भोलि बिहान ७ः२७ बजे रहेको छ । आज मंगलचौथी व्रत गर्ने दिन रहेको छ।
आजको राशिफल
मेषः आज पारिवारिक जीवनमा सुख र शान्ति छाउनेछ। घरका साना सदस्यहरूको प्रगतिले मन हर्षित हुनेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ भने कुनै महत्वपूर्ण निर्णयमा परिवारको पूर्ण साथ मिल्नेछ। स्वास्थ्य निकै सबल रहनेछ। प्रेम जीवनमा रोमान्स र सामीप्यता बढ्नेछ। विद्यार्थीहरूका लागि आजको दिन निकै उपलब्धिमूलक रहनेछ। शत्रुहरू परास्त हुने दिन पनि रहेको छ । कार्यक्षेत्रमा तपाईँको क्षमता र कार्यकुशलताको चर्चा हुनेछ। व्यावसायिक प्रतिस्पर्धामा तपाईँले जित हासिल गर्नुहुनेछ ।
वृषः आज वैदेशिक व्यापारमा लागेका व्यक्तिहरूले विशेष लाभ प्राप्त गर्नेछन्। दाम्पत्य जीवनमा आपसी समझदारी र प्रेम बढ्नेछ। घरमा कुनै उत्सव वा पाहुनाको आगमनले खुसीयाली छाउनेछ। मानसिक रूपमा निकै सन्तुष्ट अनुभव गर्नुहुनेछ। विद्यार्थीका लागि आजको दिन विशेष रहनेछ । कडा मिहिनेतको उचित फल प्राप्त हुनेछ । स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। यात्रा गर्दा खानपानमा केही सावधानी अपनाउनुहोला। तर ऋण र नगद सापटी दिने काम आज नगर्नुहोला ।
मिथुनः आज घरका सानातिना कुराले मनमा चिन्ता बढाउनेछ। सन्तानको व्यवहारमा सुधार ल्याउन अलि बढी ध्यान दिन आवश्यक देखिन्छ। प्रेम सम्बन्धमा सामान्य उतारचढाव आउनेछ, सतर्क हुनुहोला। विद्यार्थीका लागि पनि कडा मिहिनेतको आवश्यकता छ। वैदेशिक अध्ययनका लागि केही समय धैर्य गर्न आवश्यक छ। आर्थिक रूपमा खर्चको मात्रा बढ्न सक्नेछ। पारिवारिक वातावरण सामान्य रहनेछ। तर आज धार्मिक यात्रा र घरमा शुभकार्य गर्दा निकै राम्रो हुनेछ ।
कर्कटः आज सन्तान वा विद्यार्थी पक्षबाट सुखद् समाचार सुन्न पाइनेछ। मनमा प्रसन्नता र शरीरमा स्फूर्ति रहनेछ। प्रेम सम्बन्धमा नयाँ आयाम थपिनेछ। मन मिल्ने साथीसँग गहिरो कुराकानी हुने अवसर मिल्नेछ। विद्यार्थी वर्गका लागि अध्ययनमा एकाग्रता बढ्नेछ । नयाँ शैक्षिक उपलब्धि हात लाग्नेछ। कार्यक्षेत्रमा तपाईँको नयाँ सोचले निकै राम्रो काम गर्नेछ । शेयर बजारमा गरिएको लगानीले राम्रो नतिजा दिनेछ।
सिंहः आज स्वास्थ्य निकै राम्रो रहनेछ। दाजुभाइ र दिदीबहिनीबाट विशेष सहयोग मिल्नेछ। राजनीति तथा समाज सेवामा तपाईँको लोकप्रियता बढ्नेछ । धार्मिक कार्यमा सहभागी हुन पाइनेछ । खेलकुद र व्यायाममा रुचि बढ्ने भने प्रेम जीवन निकै रमाइलो हुनेछ। नयाँ साथीहरू थपिने र सामूहिक कार्यमा सफलता मिल्ने योग छ। नयाँ कार्यको शुरुवात गर्न आजको समय निकै शुभ छ। आर्थिक लाभको बलियो योग रहेको छ। व्यापारमा उल्लेखनीय प्रगति हुनेछ।
कन्याः आज दैनिक खर्चमा वृद्धि हुनेछ । पारिवारिक सम्बन्धमा केही तनाव बढ्न सक्छ। आफन्तसँगको व्यवहारमा सजकता अपनाउनुहोला। मानसिक रूपमा केही चिन्ताले सताउन सक्नेछ । स्वास्थ्यमा पनि सामान्य समस्या देखिन सक्नेछ। प्रेम जीवनमा भने नयाँपन महसुस हुने देखिएको छ। विद्यार्थीका लागि कडा परिश्रमले मात्र नतिजा प्राप्त हुनेछ । कला र संगीतमा रुचि बढ्नेछ भने तपाईँलाई मानसिक तनावबाट मुक्ति दिनेछ। कार्यक्षेत्रमा केही नयाँ अवसर आउने दिन रहेको छ।
तुलाः आज घरमा माङ्गलिक कार्यको चर्चा हुनेछ। सन्तानको प्रगतिले मनमा खुसी छाउनेछ । तपाईँको पनि सामाजिक प्रतिष्ठा बढ्नेछ। पुरानो रोगबाट केही राहत मिल्ने छ। आफ्नो दैनिक कार्य तालिकामा केही रचनात्मक काम थप्नुहोला। प्रेम सम्बन्ध सुमधुर रहने देखिएको छ। जीवनसाथीको सहयोगले कार्यक्षेत्रमा पनि सफलता मिल्नेछ। विद्यार्थीहरूका लागि आजको दिन निकै फलदायी रहनेछ। विदेश यात्राको योजनामा हुनुहुन्छ भने प्रक्रिया अगाडि बढाउँदा राम्रो हुनेछ ।
वृश्चिकः आज बोलीमा नियन्त्रण नहुँदा प्रियजनसँगको सम्बन्ध बिग्रिन सक्नेछ। दाजुभाइ वा छिमेकीसँगको सम्बन्धमा पनि तपाईं सजग रहनुहोला। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्नेछ। प्रेम सम्बन्धमा केही चिसोपन आउन सक्ने देखिएको छ। जीवनसाथीको भावना बुझ्न प्रयास गर्दा राम्रो हुनेछ । आजको दिन चुनौतीपूर्ण रहे पनि कडा मिहिनेतले नतिजा सुधार गर्न सकिनेछ। धार्मिक यात्राको योजना बन्न सक्छ, जसले मानसिक रूपमा पुनर्जीवित बनाउनेछ।
धनुः आज परिवारमा खुसीको खबर सुन्न पाइनेछ । मित्रवर्गबाट पनि भरपुर सहयोग र साथ पाइनेछ। अपरिचित व्यक्तिको सल्लाहले फाइदा पुग्न सक्नेछ। मानसिक रूपमा शान्त र शारीरिक रूपमा सक्रिय महसुस गर्नुहुनेछ। नियमित व्यायामलाई निरन्तरता दिनुहोला। प्रेम जीवनमा मधुरता छाउनेछ। विद्यार्थीहरूका लागि नयाँ विषयको अध्ययन सुरु गर्न अनुकूल समय छ। रचनात्मक कार्यमा संलग्न हुनाले मानसिक तनाव कम हुनेछ। प्रियजनसँगको यात्रा रमाइलो र उपलब्धिमूलक रहनेछ।
मकरः आज अनावश्यक खर्च बढ्न सक्ने योग रहेको छ। आर्थिक मामिलामा केही सोचविचार गरेर मात्र कदम चाल्नुहोला। पारिवारिक वातावरणमा केही सामान्य उतारचढाव आउन सक्नेछ, सचेत हुनुहोला । चुनौतीहरूलाई अवसरमा बदल्ने दिन पनि रहेको छ। शत्रुहरू आफैं पछि हट्नेछन् । तपाईँको कार्यशैलीको सबैतिर प्रशंसा हुनेछ। कडा परिश्रमले तपाईँले आफ्नो लक्ष्य हासिल गर्न सक्नुहुनेछ। स्वास्थ्यमा अलि बढी ध्यान दिन आवश्यक छ। प्रेम सम्बन्धमा विश्वासको वातावरण बनाइराख्न जरुरी छ।
कुम्भः आज लामो समयदेखि रोकिएको धन फिर्ता आउने सम्भावना छ। नयाँ लगानीका क्षेत्रहरू पहिचान हुनेछन् । आजको लगानीले भविष्यमा राम्रो प्रतिफल दिनेछन्। घरका ज्येष्ठ सदस्यहरूको आशिर्वादले तपाईँको आत्मबल बढाउनेछ। शारीरिक व्यायाम र योगाभ्यासमा मन जानेछ। बाहिरी खानपानमा अलि सतर्क रहनु नै बुद्धिमानी हुनेछ। मानसिक रूपमा पनि शान्तिको अनुभव हुनेछ। प्रेम जीवनमा नयाँपन र रोमान्सको अवसर मिल्नेछ।
मीनः आज घरजग्गाको कारोबारीले सचेतना आपनाउनुपर्नेछ । घरभित्रको वातावरणलाई सौहार्दपूर्ण बनाउन प्रयास गर्दा राम्रो हुनेछ । पेटसम्बन्धी समस्याले सताउन सक्ने देखिएको छ। प्रेममा पनि केही दूरी बढ्न सक्नेछ। विद्यार्थीका लागि ध्यान केन्द्रित गर्न केही कठिन हुनेछ। आज हतारमा कुनै पनि निर्णय नलिनुहोला । धैर्यताका साथ गरिएको कामले मात्र दीर्घकालीन फल दिनेछ। अनावश्यक विलासिताका वस्तुमा खर्च बढ्नाले बजेट बिग्रिन सक्छ। आर्थिक संकट टार्न मितव्ययी बन्न आवश्यक छ।
साइत (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा वृश्चिक राशिमा रहनेछ । त्यसैले पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज मंगलबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नुहोला । आज उत्तर, दक्षिण र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।
शुभ लाभादि बेला (दिवा)
बिहान ५ः२६ बजेदेखि ७ः०५ बजेसम्म रोग बेला
बिहान ७ः०५ बजेदेखि ८ः४३ बजेसम्म उद्धेग बेला
बिहान ८ः४३ बजेदेखि १०ः२२ बजेसम्म चर बेला
बिहान १०ः२२ बजेदेखि १२ः०१ बजेसम्म लाभ बेला
मध्यान्हमा १२ः०१ बजेदेखि १ः४० बजेसम्म अमृत बेला
दिनमा १ः४० बजेदेखि ३ः१८ बजेसम्म काल बेला
दिनमा ३ः१८ बजेदेखि ४ः५७ बजेसम्म शुभ बेला
दिनमा ४ः५७ बजेदेखि ६ः३६ बजेसम्म रोग बेला
शुभ लाभादि बेला (रात्रि)
साँझ ६ः३६ बजेदेखि ७ः५७ बजेसम्म उद्धेग बेला
साँझ ७ः५७ बजेदेखि ९ः१८ बजेसम्म चर बेला
राति ९ः१८ बजेदेखि १०ः३९ बजेसम्म लाभ बेला
राति १०ः३९ बजेदेखि १२ः०० बजेसम्म अमृत बेला
राति १२ः०० बजेदेखि १ः२२ बजेसम्म काल बेला
राति १ः२२ बजेदेखि २ः४३ बजेसम्म शुभ बेला
रातिमा २ः४३ बजेदेखि ४ः०४ बजेसम्म रोग बेला
रातिमा ४ः०४ बजेदेखि ०५ः२५ बजेसम्म उद्धेग बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।




