Nidan Media

लिग-२ मा नेपाल दुई सय रनमै समेटियो, यूएईविरुद्ध चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक श्रृङ्खलाको पहिलो खेलमा नेपालले यूएईविरुद्ध २०० रनको लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८ ओभर २ बलमा अलआउट हुँदै २०० रनमै समेटियो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रन बनाए। उनले ९० बल खेल्दै टोलीलाई सम्मानजनक योगफलतर्फ डोहोर्‍याए। कुशल भुर्तेलले २४ रन र करण केसीले २२ रनको योगदान दिए।

कप्तान रोहित पौडेल भने सस्तोमै आउट भए। उनले ११ बलमा मात्र २ रन बनाउन सके। अन्य ब्याट्सम्यानले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा नेपाल ठूलो योगफल बनाउनबाट चुकेको हो।

यूएईका लागि जुनैद सिद्दिकी र अयान अफजल खानले समान ३-३ विकेट लिएर नेपाललाई दबाबमा राखे।

यसअघि दुई टोलीबीच भएको टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खला १-१ को बराबरीमा सकिएको थियो। एकदिवसीय खेलमा भने नेपालले यूएईविरुद्ध सामान्य अग्रता बनाएको छ।

लिग-२ को तालिकामा नेपाल हाल सातौँ स्थानमा रहेको छ र शीर्ष ६ भित्र पर्न आगामी खेलहरूमा राम्रो नतिजा आवश्यक छ।

नेपालले शीर्ष ६ भित्र अटाउन कम्तीमा पाँच खेल जित्नुपर्ने दबाबमा छ। त्यसका लागि अहिलेको खेलसहित बाँकी खेलहरूमा स्थिर प्रदर्शन आवश्यक देखिन्छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.