Nidan Media

शनिदेवको प्रिय दिनमा राशिफल

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेतः ।।
ॐ शान्तिः शान्तिः शान्तिः 

आजको पञ्चाङ्ग

मिति २०८३ वैशाख १२ गते शनिबार, इस्वीसंवत अप्रिल २५ तारिक सन् २०२६, श्रीशाके १९४८, नेपाल संवत् ११४६, रौद्रनामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार वैशाखशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज वैशाखशुक्लपक्षको नवमी तिथि रातिमा १०ः१६ बजेसम्म त्यसपछि दशमी तिथि लाग्नेछ। नक्षत्रमा अश्लेषा रातिमा ११ः४५ बजेसम्म त्यसपछि मघा नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शूल ० घटि ४ पलासम्म त्यसपछि वृद्धि योग लाग्नेछ । करणमा बालब रहनेछ । आनन्दादि योगमा मानस रहनेछ ।

सूर्य मेष राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । आज दिनमान ३२ घटि ३३ पला अर्थात १३ घण्टा ०३ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौँ केन्द्र विन्दुमा रही बिहानमा ५ः३३ बजे विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझमा ठीक ६ः३२ बजे हुनेछ । यस्तै, चन्द्रमा उदाउने बिहानमा १२ः४७ बजे र अस्ताउने समय रातिमा १ः४० बजे रहेको छ । आज सीता जयन्ती व्रत गर्ने दिन र विश्व औलो दिवस रहेको छ।
आजको राशिफल

मेषः आज लामो समयदेखि रोकिएको धन फिर्ता आउने सम्भावना छ। नयाँ लगानीका क्षेत्रहरू पहिचान हुनेछन् । आजको लगानीले भविष्यमा राम्रो प्रतिफल दिनेछन्। घरका ज्येष्ठ सदस्यहरूको आशिर्वादले तपाईँको आत्मबल बढाउनेछ। शारीरिक व्यायाम र योगाभ्यासमा मन जानेछ। बाहिरी खानपानमा अलि सतर्क रहनु नै बुद्धिमानी हुनेछ। मानसिक रूपमा पनि शान्तिको अनुभव हुनेछ। प्रेम जीवनमा नयाँपन र रोमान्सको अवसर मिल्नेछ।

वृषः आज अनावश्यक खर्च बढ्न सक्ने योग रहेको छ। आर्थिक मामिलामा केही सोचविचार गरेर मात्र कदम चाल्नुहोला। पारिवारिक वातावरणमा केही सामान्य उतारचढाव आउन सक्नेछ, सचेत हुनुहोला । चुनौतीहरूलाई अवसरमा बदल्ने दिन पनि रहेको छ। शत्रुहरू आफैं पछि हट्नेछन् । तपाईँको कार्यशैलीको सबैतिर प्रशंसा हुनेछ। कडा परिश्रमले तपाईँले आफ्नो लक्ष्य हासिल गर्न सक्नुहुनेछ। स्वास्थ्यमा अलि बढी ध्यान दिन आवश्यक छ। प्रेम सम्बन्धमा विश्वासको वातावरण बनाइराख्न जरुरी छ।

मिथुनः आज परिवारमा खुसीको खबर सुन्न पाइनेछ । मित्रवर्गबाट पनि भरपुर सहयोग र साथ पाइनेछ। अपरिचित व्यक्तिको सल्लाहले फाइदा पुग्न सक्नेछ। मानसिक रूपमा शान्त र शारीरिक रूपमा सक्रिय महसुस गर्नुहुनेछ। नियमित व्यायामलाई निरन्तरता दिनुहोला। प्रेम जीवनमा मधुरता छाउनेछ। विद्यार्थीहरूका लागि नयाँ विषयको अध्ययन सुरु गर्न अनुकूल समय छ। रचनात्मक कार्यमा संलग्न हुनाले मानसिक तनाव कम हुनेछ। प्रियजनसँगको यात्रा रमाइलो र उपलब्धिमूलक रहनेछ।

कर्कटः आज घरजग्गाको कारोबारीले सचेतना आपनाउनुपर्नेछ । घरभित्रको वातावरणलाई सौहार्दपूर्ण बनाउन प्रयास गर्दा राम्रो हुनेछ । पेटसम्बन्धी समस्याले सताउन सक्ने देखिएको छ। प्रेममा पनि केही दूरी बढ्न सक्नेछ। विद्यार्थीका लागि ध्यान केन्द्रित गर्न केही कठिन हुनेछ। आज हतारमा कुनै पनि निर्णय नलिनुहोला । धैर्यताका साथ गरिएको कामले मात्र दीर्घकालीन फल दिनेछ। अनावश्यक विलासिताका वस्तुमा खर्च बढ्नाले बजेट बिग्रिन सक्छ। आर्थिक संकट टार्न मितव्ययी बन्न आवश्यक छ।

सिंहः आज बोलीमा नियन्त्रण नहुँदा प्रियजनसँगको सम्बन्ध बिग्रिन सक्नेछ। दाजुभाइ वा छिमेकीसँगको सम्बन्धमा पनि तपाईं सजग रहनुहोला। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्नेछ। प्रेम सम्बन्धमा केही चिसोपन आउन सक्ने देखिएको छ। जीवनसाथीको भावना बुझ्न प्रयास गर्दा राम्रो हुनेछ । आजको दिन चुनौतीपूर्ण रहे पनि कडा मिहिनेतले नतिजा सुधार गर्न सकिनेछ। धार्मिक यात्राको योजना बन्न सक्छ, जसले मानसिक रूपमा पुनर्जीवित बनाउनेछ।

कन्याः आज घरमा माङ्गलिक कार्यको चर्चा हुनेछ। सन्तानको प्रगतिले मनमा खुसी छाउनेछ । तपाईँको पनि सामाजिक प्रतिष्ठा बढ्नेछ। पुरानो रोगबाट केही राहत मिल्ने छ। आफ्नो दैनिक कार्य तालिकामा केही रचनात्मक काम थप्नुहोला। प्रेम सम्बन्ध सुमधुर रहने देखिएको छ। जीवनसाथीको सहयोगले कार्यक्षेत्रमा पनि सफलता मिल्नेछ। विद्यार्थीहरूका लागि आजको दिन निकै फलदायी रहनेछ। विदेश यात्राको योजनामा हुनुहुन्छ भने प्रक्रिया अगाडि बढाउँदा राम्रो हुनेछ

तुलाः आज दैनिक खर्चमा वृद्धि हुनेछ । पारिवारिक सम्बन्धमा केही तनाव बढ्न सक्छ। आफन्तसँगको व्यवहारमा सजकता अपनाउनुहोला। मानसिक रूपमा केही चिन्ताले सताउन सक्नेछ । स्वास्थ्यमा पनि सामान्य समस्या देखिन सक्नेछ। प्रेम जीवनमा भने नयाँपन महसुस हुने देखिएको छ। विद्यार्थीका लागि कडा परिश्रमले मात्र नतिजा प्राप्त हुनेछ । कला र संगीतमा रुचि बढ्नेछ भने तपाईँलाई मानसिक तनावबाट मुक्ति दिनेछ। कार्यक्षेत्रमा केही नयाँ अवसर आउने दिन रहेको छ।

वृश्चिकः आज स्वास्थ्य निकै राम्रो रहनेछ। दाजुभाइ र दिदीबहिनीबाट विशेष सहयोग मिल्नेछ। राजनीति तथा समाज सेवामा तपाईँको लोकप्रियता बढ्नेछ । धार्मिक कार्यमा सहभागी हुन पाइनेछ । खेलकुद र व्यायाममा रुचि बढ्ने भने प्रेम जीवन निकै रमाइलो हुनेछ। नयाँ साथीहरू थपिने र सामूहिक कार्यमा सफलता मिल्ने योग छ। नयाँ कार्यको शुरुआत गर्न आजको समय निकै शुभ छ। आर्थिक लाभको बलियो योग रहेको छ। व्यापारमा उल्लेखनीय प्रगति हुनेछ।

धनुः आज घरका सानातिना कुराले मनमा चिन्ता बढाउनेछ। सन्तानको व्यवहारमा सुधार ल्याउन अलि बढी ध्यान दिन आवश्यक देखिन्छ। प्रेम सम्बन्धमा सामान्य उतारचढाव आउनेछ, सतर्क हुनुहोला। विद्यार्थीका लागि पनि कडा मिहिनेतको आवश्यकता छ। वैदेशिक अध्ययनका लागि केही समय धैर्य गर्न आवश्यक छ। आर्थिक रूपमा खर्चको मात्रा बढ्न सक्नेछ। पारिवारिक वातावरण सामान्य रहनेछ। तर आज धार्मिक यात्रा र घरमा शुभकार्य गर्दा निकै राम्रो हुनेछ ।

मकरः आज वैदेशिक व्यापारमा लागेका व्यक्तिहरूले विशेष लाभ प्राप्त गर्नेछन्। दाम्पत्य जीवनमा आपसी समझदारी र प्रेम बढ्नेछ। घरमा कुनै उत्सव वा पाहुनाको आगमनले खुसीयाली छाउनेछ। मानसिक रूपमा निकै सन्तुष्ट अनुभव गर्नुहुनेछ। विद्यार्थीका लागि आजको दिन विशेष रहनेछ । कडा मिहिनेतको उचित फल प्राप्त हुनेछ । स्वास्थ्य सामान्यतया राम्रो रहनेछ। यात्रा गर्दा खानपानमा केही सावधानी अपनाउनुहोला। तर ऋण र नगद सापटी दिने काम आज नगर्नुहोला ।

कुम्भः आज पारिवारिक जीवनमा सुख र शान्ति छाउनेछ। घरका साना सदस्यहरूको प्रगतिले मन हर्षित हुनेछ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ भने कुनै महत्वपूर्ण निर्णयमा परिवारको पूर्ण साथ मिल्नेछ। स्वास्थ्य निकै सबल रहनेछ। प्रेम जीवनमा रोमान्स र सामीप्यता बढ्नेछ। विद्यार्थीहरूका लागि आजको दिन निकै उपलब्धिमूलक रहनेछ। शत्रुहरू परास्त हुने दिन पनि रहेको छ । कार्यक्षेत्रमा तपाईँको क्षमता र कार्यकुशलताको चर्चा हुनेछ। व्यावसायिक प्रतिस्पर्धामा तपाईँले जित हासिल गर्नुहुनेछ ।

मीनः आज सन्तान वा विद्यार्थी पक्षबाट सुखद् समाचार सुन्न पाइनेछ। मनमा प्रसन्नता र शरीरमा स्फूर्ति रहनेछ। प्रेम सम्बन्धमा नयाँ आयाम थपिनेछ। मन मिल्ने साथीसँग गहिरो कुराकानी हुने अवसर मिल्नेछ। विद्यार्थी वर्गका लागि अध्ययनमा एकाग्रता बढ्नेछ । नयाँ शैक्षिक उपलब्धि हात लाग्नेछ। कार्यक्षेत्रमा तपाईँको नयाँ सोचले निकै राम्रो काम गर्नेछ । शेयर बजारमा गरिएको लगानीले राम्रो नतिजा दिनेछ।

साइत (यात्रा): सूर्य मेष राशिमा, चन्द्रमा कर्कट राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिमबाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्वतर्फको यात्रा गर्दै नगर्नुहोला । आज दक्षिण र पूर्वतर्फको यात्रा बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला (दिवा)

बिहान ५ः३८ बजेदेखि ७ः१४ बजेसम्म काल बेला
बिहान ७ः१४ बजेदेखि ८ः५१ बजेसम्म शुभ बेला
बिहान ८ः५१ बजेदेखि १०ः२७ बजेसम्म रोग बेला
बिहान १०ः२७ बजेदेखि १२ः०३ बजेसम्म उद्धेग बेला
मध्यान्हमा १२ः०३ बजेदेखि १ः४० बजेसम्म चर बेला
दिनमा १ः४० बजेदेखि ३ः१६ बजेसम्म लाभ बेला
दिनमा ३ः१६ बजेदेखि ४ः५२ बजेसम्म अमृत बेला
दिनमा ४ः५२ बजेदेखि ६ः२८ बजेसम्म काल बेला

शुभ लाभादि बेला (रात्रि)

साँझ ६ः२८ बजेदेखि ७ः५२ बजेसम्म शुभ बेला
साँझ ७ः५२ बजेदेखि ९ः१६ बजेसम्म रोग बेला
राति ९ः१६ बजेदेखि १०ः३९ बजेसम्म उद्धेग बेला
राति १०ः३९ बजेदेखि १२ः०३ बजेसम्म चर बेला
राति १२ः०३ बजेदेखि १ः२६ बजेसम्म लाभ बेला
राति १ः२६ बजेदेखि २ः५० बजेसम्म अमृत बेला
रातिमा २ः५० बजेदेखि ४ः१४ बजेसम्म काल बेला
रातिमा ४ः१४ बजेदेखि ०५ः३७ बजेसम्म शुभ बेला
यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोटः यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौँ, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.