काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १७ गते बिहीबार दिउँसो २ बजे सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका छन् ।
उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को यहीँ वैशाख ८ गतेको बैठकको सिफारिसमा सङ्घीय संसद् भवन, सिंहदरबारमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यो अधिवेशन बजेट अधिवेशन हुनेछ । सरकारलाई आगामी जेठ १५ गते आर्थिक वर्ष २०८३–८४ को बजेट ल्याउने कानूनी बाध्यता छ ।

