Nidan Media

तनहुँको बिमलनगरमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

पोखरा । तनहुँमा बिहीबार ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोरखाका ६१ वर्षीय खुदबहादुर थापा छन्।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको प्रदेश अस्पताल दमौलीमा उपचारकै क्रममा मृत्यु भएको हो  ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ४ विमलनगरमा सो दुर्घटना भएको हो।

दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र३-०१-००३क ४८९८ नम्बरको ग्यास सिलिन्डर बोकेको ट्रकले बाटो काट्ने क्रममा निजलाई ठक्कर दिएको थियो ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.