Nidan Media

रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेपछि राप्रपाका शाहीको आपत्ति

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कदमप्रति आपत्ति जनाएका छन् ।

अर्को पार्टीलाई समर्थन गरेर सभापति लामिछानेले आफूलाई फोन गरेको भन्दै शाहीले आपत्ति जनाएका हुन् ।

बिहीबार उपसभामुखको उम्मेद्वारी दर्तापछि उनले सभापति लामिछानेले आँफै फोन गरेर ‘हाम्रो समर्थन छ, उम्मेद्वारी दर्ता गराउनुस् है’ भनेपछि बल्ल आफूहरूले दर्ता गराएको जानकारी दिए ।

उनले भने,‘रास्वपाका सभापतिले स्वयं फोन गरेपछि हामीले उम्मेद्वारी दिएका हौँ । सबै प्रतिपक्ष एक भएपछि गरेको यस्तो निर्णयमा पुगेका हौँ । राजनीतिमा तल माथि त भइहाल्छ। स्वयं सभापतिले फोन गरेर उम्मेद्वारी दर्ता गराउनुहोस् है हाम्रो समर्थन छ भनेपछि दर्ता गराएका छौँ। अर्को पार्टीलाई समर्थन गर्ने भए सभापति लामिछानेले किन फोन गरेको त?’

यता रास्वपाले भने आफ्नो समर्थन श्रम संस्कृति पार्टीलाई गर्ने घोषणा गरेको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.