काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले सभामुख पदका लागि मनोनयन दर्ता गराएका छन्।
उनले शुक्रबार सिंहदरबार पुगेर आफ्नो मनोनयन दर्ता गराएका हुन्।
उनको प्रस्तावक पार्टी सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछाने छन् भने समर्थकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र भौतिक पूर्वाधार मन्त्री सुनील लम्साल छन्।
२७५ सदस्यीय प्रतिनिधि सभामा रास्वपाका १८२ सांसद रहेकोले अर्याल सभामुख पदमा निर्वाचित हुने पक्का छ।
सभामुखको निर्वाचन आइतबार हुँदैछ।




