Nidan Media

चैत २२ मा प्रतिनिधिसभाको सभामुख निर्वाचन, को बन्ला सभामुख ?

काठमाडौँ । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकले सभामुख निर्वाचनको कार्यतालिका तय गरेको हो । बैठकअनुसार चैत २० गते उम्मेद्वारी मनोनयन दर्ता गरिनेछ ।

चैत २२ गते निर्वाचन सम्पन्न गरी सोही दिन नवनिर्वाचित सभामुखलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी गरिएको बताइएको छ ।

सभामुख चयनसँगै प्रतिनिधिसभाको नियमित संसदीय कामकारबाहीलाई अघि बढाउने तयारी गरिएको छ ।

सभामुखमा रास्वपाका उपसभापति डोलप्रसाद अर्यालको नाम चर्चामा आएको छ। उपसभामुख भने अन्य पार्टीबाट हुनुपर्ने व्यवस्था छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.